काठमाडौँ, ५ माघ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सरकार मुलुकप्रति जिम्मेवार भए तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

युद्ध भए ४८ घण्टामा चिनियाँ सेना नयाँ दिल्लीमा

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले मुलुकलाई निकास दिन निर्वाचन नै आवश्यक भएको बताए । उनले भने, “सरकारले निर्वाचनको मिति घोषणा गर्छ भने नेकपा (एमाले) पूर्णरुपमा सहयोग गर्न तयार छ ।”

उपाध्यक्ष रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको संविधान तत्काल संशोधनको आवश्यकता नरहेको उल्लेख गरे । उनले निर्वाचनका लागि संविधान संशोधन आवश्यक नभएको पनि स्पष्ट पारे ।रासस