१४ असार, काठमाडौं ।

भकुम्प गएको १४ महिनासम्म भुकम्प पीडितलाई राहत दिने विषयमा मुख खालेको कांग्रेसले सत्ता स्वार्थसँग जोडेर २ लाख रुपैयाँ भुकम्प पीडितलाई एकमुष्ट दिनुपर्ने अडान राखेको छ । आफ्नै नेतृत्वले दातृ निकायसँग गरेको सम्झौता विपरीत कांग्रेसले दुई लाख रुपैयाँ दिनु पर्ने शर्त राख्दै प्रधानमन्त्री केपी ओलीलाई समेत संसदमा सम्बोधन गर्न दिएको छैन ।

अनिश्चितकालीन यातायात बन्दको घोषणा

समस्या समाधानको लागि बनेको कार्यदलमा पनि कांग्रेसले पुरानै अडान दोहोर्‍याएपछि अब शीर्ष तहमा नै वार्ता हुने भएको छ । सरकारले कार्यविधि अनुसार दिन नसक्ने र कांग्रेसले कुनै पनि हालतमा दिनुपर्ने अडान राख्दै संसद अवरुद्ध भएको छ । भुकम्पपछि कांग्रेस नेतृत्वको सरकारले गरेको दातृ सम्मेलनबाट साढे चार खर्बको सहयोग प्राप्त गर्ने बेलामा वल्ड वैंक सहित विभिन्न राष्ट्रसँग भुकम्प पीडितलाई चार किस्तामा दिने सम्झौता गरेको थियो । ओली नेतृत्वको सरकारले चार किस्ताबाट झोरेर तीन किस्तामा झारेको थियो ।

finance minister bishnu samsad 39612617

भुकम्प गएको १४ महिनापछि कांग्रेसले आफैले गरेको निर्णय विपरीत एकमुष्ट २ लाख रुपैयाँ दिनु पर्ने शर्त अगाडि सारेको छ । आज बिहान सिंहदरवारमा बसेको कार्यदलको बैठक पनि विना निष्कर्ष टुङगिएपनि दिउसो तीन बजे पुन संसद भवन वानेश्वरमा शीर्ष तहको वार्ता हुने भएको छ ।

कांग्रेसको नियत बुझिसाध्यै छैनः गिरी
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले कांग्रेसले आफैले गरेको नीति विपरीत अहिलेको कदम चालेको बताए ।

Dil Nath Giri RPPN

दुई लाख रुपैयाँ मात्र होइन माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अझै एक लाख थपेर तीन लाख रुपैयाँ दिनुपर्छ भन्ने प्रस्ताव गरेको बताए । ‘सरकारको औकात हेर्नु पर्यो दिने भनेर मात्र हुँदैन थैलो पनि ठूलो हुनु पर्यो उनले भने,‘कांग्रेसको नियत बुझिसाध्यै छन,सर्पको खुट्टा सर्पले मात्र देख्छ भन्छन त्यही होला ।’

मेस्सीलाई अर्जेन्टिनी राष्ट्रपतिको फोन, सन्यास फिर्ता लिन आग्रह

काम गर्न नसक्ने सरकारमा किन बस्नु ?
नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले एक छिन जम्मा भेटपछि एमालेका नेताहरु मदनभण्डारीको बार्षिकी रहेको भन्दै उठेर हिडेको बताए । उनले भने,‘एकमुष्ट दुई २ लाख रुपैयाँ नदिने सरकारको नियत जनतमाथि विश्वास नगरिएको हो,सरकारले चाहे कार्यविधि सम्झौता संशोधन गरेर दातृ निकायलाई मनाउनु पर्छ ।’

chinkaji shrestha

अहिलेसम्म छ हजार मानिसहरुसँग मात्र पचास हजार रुपैयाँ दिने सम्झौता गरेपनि ६ लाख मानिसहरुसँग सम्झौता गर्न बाँकी रहेको बताउदै श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारले नै साढ चार खर्ब रुपैयाँ जुटाएको बताए । कांग्रेस आफ्नो अडानबाट पछाडि हटदैन २ लाख रुपैयाँ नदिएसम्म संसद चल्दैन, उनले भने,‘काम गर्न नसक्ने भुकम्प पीडितलाई दुई लाख रुपैयाँ दिन नसक्ने मानिस सरकारमा किन बस्नु ?’

माओवादी केन्द्रले थप्यो एक लाख
सरकारले दुई लाख रुपैयाँ एकमुष्ट दिन नसकिरहेको बेला सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले भुकम्प पीडितहरुलाई दुई लाखसँगै थप एक लाख रुपैयाँ दिनु पर्ने प्रस्ताव राखेको छ । माओवादी प्रचण्डले पनि तीन लाख रुपैयाँ दिनु पर्ने प्रस्ताव राखेका छन् । कांग्रेस र माओवादीले भुकम्प पीडितलाई एकमुष्ट रकम दिनुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली निकै तनाबमा परेका छन् । ओलीको विरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड एक साथ देखिँदा ओली तनाबमा परेका छन् ।

अष्ट्रेलियाका राजदूतले प्रचण्ड भेटे, भ्रमण स्थगित भएको बारे चासो