१७ चैत, भक्तपुर ।

एमाओबादीका प्रवक्ता दिनानाथ शर्माले वर्तमान सरकार कछुवाको तालमा अगाडी बढेको टिप्पणी गरेका छन् ।

भक्तपुरमा आयोजित साक्षात्कारमा नेता शर्माले वर्तमान सरकारको काम कारवाही प्रभाबकारी नभएको र सरकाले जनताको हितमा काम गर्न नसकेको बताए ।

dinanath-sharma

फाइल तस्बिर

काँग्रेस महाधिबेशन पस्चात सरकार परिवर्तनको बिषय हल्ला मात्र भएको बताउँदै नेता शर्माले यही सरकालाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्दै काँग्रेसलाई समेत सरकारमा सामेल गराउन शिर्ष नेताहरु लागि परेको खुलासा गरे ।

केही समय अघि मात्र नेता शर्मा आफैले कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने बताएका थिए ।

भक्तपुर कांग्रेसका नेता नयाँ शक्तिमा

पाल्पा पुगेर रञ्जित रे ले भने – नेपाल-भारत सम्बन्ध…

चीन र भारतसँग सन्तुलित सम्बन्ध- बाबुराम भट्टराई

मधेश अन्दोलनका जायज मागहरुको सम्बोधन नगरे स्थानिय निकायको निर्वाचन असफल हुने भन्दै उनले संघीयता र सिमांकनको टुंगो नलगाएसम्म सथानिय निकायको निर्वाचन सम्भव नरहेको टिप्पणी गरे ।

नेपाल सरकारका प्रधान मन्त्रीको चीन भ्रमणमा गरिएको सम्झौताहरुको कार्यान्वयनमा जटिलता देखिएको समेत उनले बताए । विगत देखि नै सरकारले बनाएको योजनमा हुने भागबन्डा र कमिशनको खेलकै कारण हरेक योजना सफल हुन नसकेकाले सरकारले यता तर्फ ध्यान दिनु पर्नेमा शर्माले जोड दिए ।

इन्धन र ग्याँसको अभावमा सरकारले कालो बजारीयाहरुलाई नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै उनले नेपाल आयाल निगम र सरोकारवालहरुले नै इन्धनको अभाव श्रृजना गरेको र सरकार मुख दर्शक मात्र बनेको टिप्पणी गरे ।