२० चैत, काठमाडाै‌ ।

संसदमा रहेका दलले आफूबाहेक अरुलाई आफ्नो चिन्ह प्रयोग गर्नबाट बञ्चित गराएर गैरसंवैधानिक कदम चालेको भन्दै सर्वोच्च अदालतमा मुद्धा परेको छ ।

विवेकशील नेपालीका अध्यक्ष उज्वल बहादुर थापाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संसद, कानुन तथा न्याय मन्त्रालय तथा निर्वाचन आयोगलाई विपक्षी बनाइ मुद्धा दागर गरेका हुन् ।

याे पनि पढ्नुस : नेपाली कांग्रेस विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर

कानून बमोजिम निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुलाई दलको रुपमा नै चिन्ह प्रदान गर्न नमिल्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको हो ।

स्थानीय निर्वाचन ऐनको चुनाव चिन्ह सम्बन्धी प्रावधान राजनीतिक दल सम्बन्धमा नेपालको संविधानको प्रावधान विपरीत भएकोले नेपालको संविधानको धारा १३३(१) र १३३(२) अनुसार संविधानसँग बाझिएको कानून उत्प्रेषणको आदेशबाट बदर घोषित गर्न माग गरिएको छ ।