एजेन्सी । लामो समय फिल्म उद्योगबाट टाढा रहेकी अभिनेत्री आयशा टाकिया फेरि एक पटक चर्चामा आएकी छिन् ।

हिजोआज सामाजिक सञ्जालमा आयशाका केही तस्विरहरु भाइरल बनिरहेका छन् । तस्विर हेर्दा आयशाले ओठको सर्जरी गरेको देखिन्छ । तर, यो सर्जरीले उनको अनुहार एकदम खराब देखिएको छ ।

हालै एक समारोहमा उपस्थित आयशालाई देखेर वरपरका व्यक्ति पनि छक्क परे । आयशाको ओठ निक्कै फुलिएको र उठेको थियो, जसले उनलाई अनौठो देखिएको थियो ।

आयशा टाकिया चाँडै फिल्ममा कमब्याक गर्ने खबर आइरहेको छ र उनी त्यसको तयारीमा लागेको पनि बताइएको छ । आयशाले कमब्याक गर्नका लागि सर्जरी गरेको हुनसक्ने अड्कल काटिएको छ ।

उनले १५ बर्षको उमेरदेखि नै आफ्नो करिअरको सुरुवात गरेकी थिइन् । सलमान खानको ‘वान्टेड’ र अजय देवगनको ‘टार्जन’मा आयशाले काम गरेकी छिन् । २००९ मा विवाह गरेपछि उनी फिल्मी उद्योगबाट टाढै रहेकी थिइन् । आयशाको एक छोरा पनि छ ।