अहिले नेपालको तापक्रम दिनानुदिन बढ्दै गइरहेको छ र यस्तो गर्मीको मौसममा जमिनभित्र बसेका सर्पहरू पानी तथा आहारको लागि बाहिर निस्कने गर्दछन्। नेपालमा करिब ३४०० बिभिन्न प्रजातीका सर्पहरू पाइन्छन्। कुनै सर्पहरू सँधैभरी पानीमै रहने खालका हुन्छन् भने कुनै जमिनमुनि बसेर त्यहीँ भएका प्राणीहरूको आहार गर्ने गर्दछन्। तर धेरै गर्मीको कारणले ती सर्पहरू बाहिर निस्केर घरेलु जनावरहरूलाई आक्रमण गर्ने गर्दछन्।

नेपालमा पाइने धेरैजसो सर्पहरू मानिसको लागि खतरनाक हुँदैनन्, कुनै कुनै सर्पको त विष नै हुँदैन, त्यस्ता सर्पहरूले आफ्नो शिकारलाई कि त मार्दछन् कि चाहिँ सकेसम्म निल्ने कोसिस गर्दछन्। तर विषालु हुँदैनन् भन्दैमा सर्प देखेपछि जिस्काउने अथवा चलाउने गर्नुहुँदैन र यदि सर्पले डसिहालेमा लापरवाहि गरेर बस्नु भने पक्कै पनि हुँदैन।

snakebite(1)

यदि तपाईँलाई सर्पले डसेको छ भने-

# हतोत्साहित नहुनुहोस्, नआत्तिनुहोस्। धेरै जसो सर्पहरू विषालु हुँदैनन् र अझै भन्ने नै हो भने खतरनाक विषालु सर्पहरूले पनि मानिसलाई डसेको खण्डमा प्रायः आफ्नो विष डसेको ठाउँमा पसाउँदैनन्।

# सर्पलाई समाउन वा मार्न खोजेर अर्को डसाइको खतरा नमोल्नुहोस् र सर्पलाई खोजेर समय खेर नफाल्नुहोस्। यदि सर्पलाई पहिले नै मारिसकेको छ भने त्यसको विषको पहिचानको लागि मरेको सर्पलाई बिरामीसँगै उपचारकेन्द्रमा सुरक्षित तवरले लैजानुहोस्।

# सर्पले डसेको हात वा खुट्टालाई नजिकै पाइने सामानहरूको प्रयोग गरेर अचल बनाउनुहोस् र त्यसलाई स्थीर राख्नुहोस्।

# आत्तिएर अथवा चाँडै अस्पताल पुग्छु भनेर दौडने काम नगर्नुहोस्। दौडिँदा शरीरमा विष फैलिने काम छिटो हुन्छ। त्यस्तो बेलामा नजिकै भएको मानिसलाई आफूलाई स्वास्थ्य चौकी लैजान लगाउनुहोस्।

# विषालु सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने र आगोले डाम्ने काम नगर्नुहोस्।
जडिबुटिहरू, रसायनिक पदार्थहरू, बरफका पोकाहरू वा बिजुलीको झट्का लगाएर उपचार गर्ने काम नगर्नुहोस्, यसले गर्दा स्थिति झन् खतरा हुन सक्छ।

# डसेको ठाउँबाट रगतलाई कुनै यन्त्रको सहायताले तान्ने काम नगर्नुहोस्।

# प्रारम्भिक अवस्थामा खुर्सानी लगाएर सर्पले डसेको थाहा हुँदैन भन्ने धारणा गलत हो, यसले त झन् बिरामीको पेट पोलेर उपचारमा बाधा पुर्याउँदछ।

# कुखुराको मल लगाएमा डसेको ठाउँबाट विष चुस्छ भन्ने धारणा गलत हो, त्यसले झन् डसेको ठाउँमा सङ्क्रमण हुने सम्भावना हुन्छ।

जानी राखौँ-

# समयमै उपचार गरे विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिन्छ।
सर्पले डसेको थाहा पाउने बित्तिकै अथवा शंका लाग्ने बित्तिकै सम्बन्धित उपचार केन्द्रमा पुग्नाले अकालमे ज्यान जानबाट बच्न सकिन्छ।

# विषालु सर्पले डसेर मर्ने कारणहरू मध्ये समयमै उपचार गर्ने ठाउँमा नपुग्नु प्रमुख कारण हो।

# धामी, झाँक्री, झार-फुक, जडीबुटीको विश्वास गर्दा अनावश्यक समय खेर गई मृत्यु हुनै निश्चित प्रायः छ।

त्यसैले-

# सर्पले डस्ने बित्तिकै नजिकको उपचार केन्द्रमा तुरुन्तै लैजाऔँ।

नेपालमा पाइने केही विषालु सर्पहरू-

himalayan habu pit viper हिमाली क्षेत्रमा पाइने ‘हिमालयन हबु पिट भाइपर’!

rednecked keelbackदोलखामा पाइने ‘रेड नेक किलब्याक’!