१५ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आव्हवान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्रीले अहिलेसम्मको प्रगति विवरणबारे जानकारी गराइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् ।

पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको स्थायी कमिटी बैठक बसिरहेकाले ओली बैठकमा नगएको बताइएको छ । ओलीले बैठकमा नेता अग्नी खरेल र संसदीय दलका नेता भानुभक्त ढकाललाई पठाएका छन् ।

बैठकमा संविधान संसोधन प्रस्ताव पास गर्ने र स्थानीय तहको संख्या बढाउने विषयमा छलफल गर्ने तयारी छ ।