१ पुस, काठमाडौं । १९ वर्ष मुनिको एसिया कप क्रिकेटको दोस्रो खेलमा भारतसँग पराजित हुँदै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । तर प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडीमा नेपालका दिपेन्द्र सिंह ऐरी अहिलेसम्म शीर्ष स्थानमा छन् ।

चीनले थाल्यो अहिले सम्मकै खतरनाक युद्ध अभ्यास

दुई खेल सकिँदा सम्म ऐरी १ सय २४ रनसहित शीर्ष स्थानमा रहेका हुन् । उनले श्रीलंका विरुद्ध ९० रन र भारतविरुद्ध ३४ रन बनाएका थिए । ऐरीले दोहोरो इनिङ्समा १३ चौका र एक छक्का हिर्काएका थिए । उनको पछाडि रहेका भारतीय खेलाडी पृथ्वी शाहले ३० रन कम अर्थात ९४ रन बनाएका छन् ।

नेपाली मूलका नगरकोटी अन्तिम ओभरमा चुटिए, पौडेलले हाने २ छक्का र ३ चौका

सबैभन्दा बढी विकेट लिनेमा नेपालका पवन सर्राफ दोस्रो स्थानमा छन् । उनले दुई खेलमा पाँच विकेट लिएका थिए । पहिलो स्थनामा रहेका भारतका राहुल चहारले पनि समान पाँच विकेट नै लिएका छन् ।