१२ जेठ, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको सख्या बढाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगराउन सर्बोच्चले दिएको आदेशको स्वागत गर्ने निर्णय गरेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार साझ बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्बोच्चको निर्णयलाई कदर गर्दे पुरानै स्थानीय तहमा दोश्रो चरणको निर्वाचन जेष्ठ ३१ गर्न सरकारको ध्यानाकर्षण समेत गराउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

बैठकले प्रदेश नंवर ५ का दाङको तुल्सीपुर उपमहानगरपालीका , दाङकै घोरही उपमहानगरपालीका , रुपन्देहीको बुटवल उपमहानगरपालीकामा मेयर र उपमेयरका उम्मेद्वारको टुङ्गो लगाएको सचिव भट्टराईले जानकारी दिए ।

भट्टराईले शनिबार पछिल्लो राजनीतिक अबस्थाका बिषयमा पार्टी अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसंग छलफल गर्ने निर्णय गरेको समेत जानकारी दिए ।