५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि भागाभाग भएको छ । अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई टेलिफोन गरेपछि भागाभाग मच्चिएको छ ।

एकैछिनमा तनाव बढेपछि आजका लागि तोकिएका सबै इजलास स्थगित गरिएको छ । बम राखेको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्वोच्चमा पुगेको छ भने प्रहरीले बम खोजतलास गरिरहेको छ ।