१४ जेठऽ काठमाडाै‌ । राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार सर्लाहीका माछापालक किसान अफजल हुसेनलाई प्रदान गरिने भएको छ । कृषि विकास मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै सर्लाही हरिपुर नगरपालिका वडा नम्बर ९ पीडारीका हुसेनलाई सर्वोत्कृष्ट कृषक पुरस्कार दिने जनाएको हो ।

अन्य चार कृषकले राष्ट्रपति उत्कृष्ट पुरस्कार पाउने भएका छन् । उत्कृष्ट पुरस्कार पाउनेमा नवलपरासी हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का तरकारी खेती गर्ने कृषक थमबहादुर रजाली मगर, डडेल्धुरा अजमेरु गाउँपालिका वडा नम्बर ४ का बाख्रापालक कृषक खडक सिंह बिष्ट, सुन्तला खेती तथा एकीकृत खेती गर्ने कृषक पाँचथर मिक्लाजुङ गाउँपालिका ५ की इन्द्रकुमारी लावती र बाँके नेपालगञ्ज उपमहानगरपालिका ५ का मत्स्य प्रजनन कृषक सुमेर समसेर जबरा रहेका छन् ।

गएको जेठ १२ गते बसेको बैठकले उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।