५ जुनमा रिलिज तय भएको सलमान खान स्टारर बलिउड फिल्म ‘भारत’मा तब्बु महत्वपूर्ण भूमिकामा देखिने छिन। तर उनी यो फिल्मको प्रमोशनको हिस्सा नबन्ने भएकी छिन्।

आफ्नो अर्को फिल्म ‘दे दे प्यार दे’ को प्रमोशनल अन्तर्वार्ताको क्रममा ‘भारत’को बारेमा गरिएको प्रश्नमा उनले भनिन, ‘अहँ, म यो फिल्मको प्रमोशनमा सामेल हुँदिन।’

तर किन?

तब्बुले भनिन, ‘भारतमा मेरो निकै छोटो भूमिका छ। केवल एउटा सिन छ। अब म तपाइसंग त्यो एक सिनको बारेमा के कुरा गरुँ।’

अली अब्बास जफरको निर्देशनमा बनेको भारतको ट्रेलर अप्रिलमा नै रिलिज भएको थियो। जसमा फिल्मका लगभग सबै कलाकार देखाइएका थिए, तर तब्बु गायब थिइन। यसको कारण बताउँदै अलीले एक अन्तर्वार्तामा भनेका थिए, ‘हामी उनको भूमिकासंग न्याय गर्न चाहन्थ्यौं, जसलाई ट्रेलरको केही सेकेन्डमा नै देखाइन सकिन्थ्यो। तर यो देख्न लायक हुनेछ, जब फिल्ममा हेर्नुहुनेछ तब पक्का मनपराउनुहुनेछ।’

तब्बुको अर्को फिल्म ‘दे दे प्यार दे’ १७ मेमा रिलिज हुनेछ। जसमा अजय देवगनको पनि प्रमुख भूमिका हुनेछ।