एजेन्सी
बलिउड नायक सलमान खानले आफ्नो करिअरमा थुप्रै ब्लकबस्टर फिल्म दिएका छन्। साथै उनले केही हिट फिल्मको अफर तोडेका पनि छन्। सलमानले खेल्दिन भनेका यस्ता थुप्रै फिल्म छन् जुन पछि शाहरुख खान र आमिरले खेले, र फिल्मले बक्स अफिसमा सफलताको थुप्रै रेकर्ड तोड्दै ब्लकबस्टर सावित भए। यस्तै केही ६ फिल्म जसको अफर सलमानले तोडेका थिए।

फिल्म – दिलवाले दुल्हनिया ले जाएंगे
रिलिज मिति –१९ अक्टोबर १९९५
कलाकार – शाहरुख खान, कालोज, अनुपन खेर, अमरीश पुरी, फरीदा जलाल, मन्दिरा बेदी।salman-khan-rejected-films-121525111

यशराज ब्यानरको सन् १९९५ मा आएको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ मा राज मल्होत्रा (शाहरुख खान) को रोल पहिले सलमानको लागि अफर गरिएको थियो। तर सलमानले यो फिल्म नखेल्ने निर्णय गरे। पछि शाहरुखले यो फिल्ममा अभिनय गरे, यो रोमान्टिक ड्रामा फिल्मले सो समय फिल्मको सबै रेकर्ड तोडेको थियो। यो फिल्म सेफ अली खानलाई समेत अफर गरिएको बताइने गर्छ।

गजिनी
रिलिज मिति – २५ डिसेम्बर २००८
कलाकार – आमिर खान, आसिन, जिया खान, प्रदीप रावत।

salman-khan-rejected-films-132640911यो फिल्मलाई लिएर यस्तो चर्चा चेलेको थियो कि स्क्रिप्ट पढेपछि आमिरले यो रोलको लागि आफुभन्दा सलमान फिट हुने बताएका थिए। पछि जे भएपनि आमिरको यो फिल्म सुपरडुपर हिट भएको थियो।

बाजीगर
रिलिज मिति – १२ नोभेम्बर १९९३
कलाकार –शाहरुख खान, काजोल, शिल्पा शेट्टी, जोनी लिभर, राखी गुलजार

salman-khan-rejected-films-141193311अब्बास-मस्तानको थ्रिलर फिल्म ‘बाजीगर’ मा नेगेटिभ रोल भएकाले सलमानले अफर तोडेका थिए। पछि यो रोल शाहरुखले गरे, फिल्म सुपरहिट बन्यो।

चक दे इन्डिया
रिलिज मिति-१० अगस्ट २००७
कलाकार – शाहरुख खान, सागरिका घाटगे, विद्या मालवडे, चित्रांशी रावत, शिल्पा शुक्ला।salman-khan-rejected-films-152664211
यशराज ब्यानरमा शिमित अमीनको निर्देशनमा बनेको फिल्म ‘चक दे इन्डिया’ मा कोच कबीर खानको रोल सलमान खानको लागि लेखिएको थियो। तर सलमानले फिल्मको लागि समय निकाल्न नसकेपछि यो फिल्म शाहरुखले गरे। शाहरुखले यो फिल्मको लागि उत्कृष्ट नायकको अवार्ड जितेका थिए।

जोश
रिलिज मिति – ९ जून २०००
कलाकार – शाहरुख खान, ऐश्वर्या राय, प्रिया गिल, शरद कपूर।salman-khan-rejected-films-164175811

मंसुर खानको निर्देशनमा बनेको एक्शन-क्राइम ड्रामा फिल्म जोशमा म्याक्सको रोल सलमानलाई अफर गरिएको थियो। समयकै समस्याले रोल शाहरुखले पाए। फिल्म सुपरहिट बन्यो। चर्चा त यो पनि थियो कि फिल्ममा सलमान ऐश्वर्याको भाइ बन्नु पर्ने भएकाले अफर छोडेका थिए।

कल हो ना हो
रिलित मिति – २८ नोभेम्बर २००३
कलाकार – शाहरुख खान, प्रिती जिन्टा, सेफ अली खान, जया बच्चन, रानी मुखर्जी।

salman-khan-rejected-films-174629911धर्मा प्रोडेक्सनको ब्यानरमा बनेको यो रोमान्टिक कमेडी ड्रामा मुभीमा सेफ अली खानको रोल पहिले सलमानलाई अफर गरिएको थियो। तर सलमान र शाहरुख बचि चलेको कोल्ड वारका कारण सलमानले फिल्म खेल्न मानेनन्। यो फिल्म पनि ब्लकबस्टर बन्यो।