७ फागुन, एजेन्सी ।

सलमान खान र उनका भाइ सोहेल खान फिल्म ‘ट्युबलाइट’मा सँगै देखिँदैछन् । हालै सोहेलले दाइ सलमानको बारेमा एक खुलासा गरे, जसको बारेमा सुनेर फ्यान छक्क पर्न सक्छन् ।

सोहेलले आफ्नो दबंग स्टर दाइ सलमानले फिल्ममा एक्टिङ गर्न छोडेको बताए ।सोहेलले भने, ‘मैले र सलमानले हालै ट्युबलाइटका लागि सुटिङ गर्यौ । फिल्ममा म भाइकै भूमिकामा छु । यदि म उनको अभिनयका बारेमा कुरा गर्नु पर्दा, उनी पहिले भन्दा धेरै बद्लिएका छन् । पहिले–पहिले उनले साच्चै अभिनय गर्थे, तर अब उने अभिनय गर्नै छोडे ।’ उनले भने, ‘उनलाई हेर्दा लाग्छ, अब सलमानले अभिनय गर्न नै छोडे, उनीलाई दिएको भूमिका निभाउँछन्, तर आफ्नै तरिकाले ।’

फिल्म ‘ट्युबलाइट’ भारत–चाइन युद्धमा आधारित छ, जसको निर्देशन कबिर खानले गर्दैछन् । फिल्ममा पहिलो पटक चिनियाँ अभिनेत्री जू–जूको साथमा सलमानले काम गरेका छन् ।