५ जेठ, एजेन्सी ।

सलमान खानको यसै वर्ष विवाह हुने चर्चाले भारतीय मिडिया रंगिएका छन् । निरन्तर उनले विवाह गर्ने सम्भावित युवतीको विषयमा अनेक अडकल पनि भैरहेका छन् ।

पाकिस्तानकी यी १६ वर्षे युवतीसँग विवाह गर्न चाहन्थे सलमान खान

यसैबीच भारतको एक मिडियाले सलमानको विवाहको दिन पनि तोकिएको दावी गरेको छ । Spotboye.com का अनुसार सलमान खान यसै वर्षको डिसेम्बर २७ मा हुने छ ।

salman wedding 2016

आफ्नो ५१ औं जन्मदिनमा उनले विवाह गर्न लागेको उक्त सञ्चार माध्यममा उल्लेख छ ।

विवाहित छिन् सलमानकी गर्लफ्रेन्ड लुलिया, पतिसंगका तस्बिरको व्यापक चर्चा

विरामी रहेकी सलमाले छोरालाई घरजम गरेको हेर्न चाहेपछि सलमानले आमाको इच्छा पुरा गर्ने संकेत दिएको उक्त अनलाइनको दावी छ ।

को को सँग गरे सलमानले झण्डै विवाह (फोटो फिचर)

यो हल्लालाई पुष्टी गर्दै सलमानकी आमा उनकी प्रेमिका लुलियासँग पारिवारिक जमघटमा देखिएकी छिन् । मुम्बइ एयरपोर्टमा परिवारका साथ सलमानकी आमा र उनकी प्रेमिका लुलियासँगै देखिएपछि यसै वर्ष हुने भनिएको विवाहको चर्चाले बल पाएको छ ।