एजेन्सी ।

बलिउड अभिनेता सलमान खानले आफूले नेपालका भूकम्प पीडितलाई कुनै सहयोग नगरेको स्पष्ट पारेका छन् । यस अघि विभिन्न सञ्चार माध्यममा सलमान खानले ३ वटा निजी हेलिकोप्टरसहित १० करोड सहयोग गरेको भन्ने झुटो समाचार प्रकाशित भएका थिए ।

salman khan Nepal Earthquake aid

सलमान खानले आफ्नो संस्था ‘विइङ ह्युमन’ भारतमा मात्र सक्रिय रहेको र आफूले कूनै प्रकारको सहयोग अहिले सम्म नगरेको आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले फेसबुकमा आफूले नेपाली भूकम्पपीडितलाई सहयोग गरेको भन्ने हल्ला फैलिएपछि यस्तो स्पष्टिकरण दिएका छन् । बलिउडका विभिन्न हस्तीहरुले नेपालका लागि सहयोग जुटाउन पहल गरिरहेका छन् ।

यो पनि हेर्नुस्
बलिउडका अभिनेता नेपालको भूकम्पमा मारिए
मनिषाले यसरी दिइन् मोदीलाई सन्देश