बलिउड अभिनेता सलमान खानको नामको एक भोटर कार्ड(मतदाता पत्र) भाइरल बनेको छ । यस भोटिङ कार्डअनुसार, सलमानको उमेर ६० काटिसकेको देखिन्छ । यद्यपी, गत २७ डिसेम्बरमा उनले ५१औँ जन्मदिन मनाएका थिए ।

salman_khan

भोटर कार्डमा नाम सलमान खान, बुवाको नाम सलिम खान र उमेर ६४ बर्ष पुगेको देखाएको छ । त्यस्तै, लिंग पुरुष र तस्विरमा सलमानकै फोटो राखिएको छ ।

सलमानको नामको यो भोटर कार्ड ‘द गैटर हैदराबाद’स्थित ‘म्युनिसिपल कर्पोरेशन’को गल्तीका कारण बाहिर आएको बताइएको छ । यद्यपी, यो एक झूटो भोटर कार्ड हो, जुन २०१६ को चुनावको अवधिमा निकै भाइरल बनेको थियो ।

त्यसो त चर्चित हस्तिहरुको बाबु–छोराको नाम मिल्दो–जुल्दो अन्य पनि हुन सक्छन् । तर, भोटिङ कार्डमा देखिएको सलमान खानको तस्विरले हो भन्ने भान गराउँछ । सलमानको तस्विरका कारण यो भोटर कार्ड भाइरल बनेको थियो ।

यो पनि पढ्नुस्
जब शाहरुख खान गाडीको डिक्कीमा लुके
‘महिलाको इज्जत नगरे छोराको गर्दन काटिदिन्छु’