पछिल्ला दिन बलिउड नायक ऋतिक रोशन बलिउड कलाकारसंग आफ्नो सम्बन्ध बिगार्न लागिपरेका छन्। कंगना रनावटसंग उनको विवाद त संसारले थाहपाइसकेको छ, सलमान खानसंग पनि उनको खटपटको खबर आएका थियो। अब नायिका विद्या बालन र प्रियंका चोपडासंग पनि उनको दोस्ती तोडिने सम्भावना छ।bollywod actors 121463221

ऋतिकले विद्या र प्रिंयकालाई रिसले भरिएको म्यासेज पठाएका छन्। ऋतिकको अब यी दुई नायिकासंगको सम्बन्ध बिग्रिएको चर्चा भारतीय मिडियामा छ।

यो सबै लफडाको जरो कंगनाबाटै सुरु हुन्छ, जो कंगनाकोमा जान्छ ऋतिकसंगको सम्बन्ध तोड्न लागिपर्छन्। यस्तै केही विद्या र प्रियंकासंग पनि भयो।

पछिल्ला दिन विद्या र प्रियंका कंगनाको सपोर्टमा बोल्दै आएका थिए। ऋतिकलाई कंगनाको साइड लिएको बिल्कुल मनपरेन। यहि कुरामा रिसाएर ऋतिकले म्यासेज पठाएपछि कुरो बिग्रन पुगेको हो।

करण-रणवीर र सलमानसंग पनि बेखुस
ऋतिकको मन केवल प्रियंका र विद्याले मात्र दुखाएनन्, बरु फिल्ममेकर करण जोहरसंग पनि उनी अपसेट छन्। करणले कंगनाको मामलामा जस्तो सपोर्ट गर्नुपर्थ्यो त्यस्तो गरेनन्, ऋतिकको यस्तो बुझाइ छ।

रणवीर सिंहलाई पनि भारत बाहिर भएको एक अवार्ड कार्यक्रममा ऋतिकले रिस पोखेका थिए। सोही कार्यक्रममा ऋतिकले सलमान खानलाई पनि वास्ता गरेनन्। ऋतिकलाई लागेको थियो कि कंगनासंगको कानुनी विवादमा सलमानले साथ दिनेछन्। सलमानले यसो नगरेपछि ऋतिक र सलमानको पनि दुरी बढेको छ।

यो पनि पढ्नुस।
ऋतिक कंगना विवाद अदालतसम्म, एउटा प्रश्नको उत्तरले भएको थियो सुरु