एजेन्सी ।

बलिउड सुपरस्टार सलमान खानले आफूलाई छोडेर रणबीर कपुरसँग घरजम गर्न लागेकी अभिनेत्री क्याट्रिना कैफको विषयमा पुनः मुख खोलेका छन् । उनले क्याट्रिना र आफ्नो सम्बन्ध पारिवारिक भएको र सँधै पारिवारकै जस्तै रहने बताएका छन् ।

हालै दिएको एक अन्तर्वार्तामा सलमान खानले क्याट्रिना आफ्नो जीवनमा सँधै परिवारको एक सदस्यकोरुपमा रहने बताएका हुन् ।

salman katrina 1

स्टारडस्टमा दिएको अन्तरवार्तामा सलमानले आफ्नो दिलमा क्याट्रिनाका लागि सँधै विशेष स्थान रहेको समेत बताए । हालै आफ्नी बहिनीको विवाहमा आएकी क्याट्रिनालाई सलमानले खान बन्ने मौका चुकाएको भन्दै कपुर भनेर जिस्क्याएका थिए ।

क्याट्रिना बलिउडमा छिर्दा सलमानकी प्रेमिका बनेर छिरेकी थिइन् । उनीहरुबीचको लामो प्रेम सम्बन्ध क्याट्रिना रणबीरसँग नजिक भएपछि सन् २००९ मा उनीहरुको सम्बन्ध टुटेको थियो ।

salman katrina good bye 1
रणबीर र क्याट्रिनाको विवाहको चर्चा चलेपनि पछिल्लो समय उनीहरुले यस विषयमा केही बोलेका छैनन् ।

ranveer katrina in france