११ वैशाख । पछिल्लो समय नयाँ प्रेम सम्बन्ध जोडेका अभिनेता सलमान खान र अभिनेत्री युलीया भन्तुरको सम्बन्धमा दरार आएको समाचार छ । यसको मुख्य कारण सलमानको द व्यांग टुर रहेको बताइएको छ ।

गत हप्तादेखि सलमान न्युजल्याण्ड, अष्टे्रलीया लगायत देशको भ्रमणमा व्यस्त छन् । परिवारसहित उनीसंग सोनाक्षी सिन्हा, विपासा वासु भ्रमणमा सामेल छन्, तर हरेक इभेन्टमा सलमानसंगै रहने युलीया यस टुरमा भने देखा परेकी छैनन् ।

खबरका अनुसार युलीया पनि टुरमा सामेल हुन चाहन्थिन तर सलमानले उनको चाहनालाई वेवास्ता गरिदिए । त्यसपछि दुवैविच विवाद समेत उत्पन्न भएको जनाइएको छ ।

केहि समयअघि प्रेमिका युलीया र परिवारसहित सलमान माल्दीभ्स भ्रमणबाट फर्किएका थिए । युलीया रोमानियन नायिका र गायिका दुवै हुन् ।