२२ असोज, पाँचथर । सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ ।

शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए ।

नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन् ।