२२ असार, काठमाडौं ।
प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले ‘पत्थरी जिक्दा मृगौला निकालियो’ भन्ने समाचारपति आपत्ति जनाएको छ ।

अस्पताल प्रशासनले बिहिबार पत्रकार सम्मेलन गरेर समाचार निराधार र नियोजित रुपमा प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको हो ।

अस्पतालका ईमर्जेन्सी विशेषज्ञ डा. धर्मदत्त जोशीले नुवाकोट जिल्ला विदुर नगरपालिका १२ का ३२ वर्षीया शिवप्रसाद रिमालको पथ्थरी उपचारका क्रममा जीवन गम्भिर स्थितिमा पुगेको र आफन्तको सहमतिमै मृगौला निकालेर जीवन जोगाएको स्पष्ट पारे ।

त्यही बिषयलाई लिएर आफुहरुमाथि धम्की आएको उनले गुनासो गरे ।त्यस्तै शल्यक्रियामा संलग्न बरिष्ठ युरोलोजिष्ट प्रा.डा.गुणकुमार श्रेष्ठले आफ्नो कुनैपनि दोष नभएको दाबी गरे ।