२० मंसिर, काठमाडौं । सत्तारुढ राप्रपाले संविधान संसोधन प्रस्तावका पक्षमा आफूसँग छलफल नगरेको भन्दै आपत्ति जनाएको छ ।

rpp

प्रस्तावका बिषयमा आधिकारिक धारणा सार्वजनिक गर्न आज बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले एमालेले संसद अवरोध गर्नु पनि उचित नभएको निश्कर्ष निकालेको छ ।

संसोधन विधयेकप्रति मधेश केन्द्रित राजनैतिक दलहरु नै असन्तुष्ट रहेको र प्रदेश नम्बर ५ का जनता आन्दोलनमा उत्रेकोले विधयेकलाई यथास्थितीमा राखी पहिला सहमति जुटाएर मात्रै विधयेक अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

राप्रपाको यो निर्णयले मध्यमार्गी बाटो खोजेको जस्तो देखिन्छ ।  सत्तारुढ भएपनि न प्रधानमन्त्रीले प्रचण्डले संसोधन प्रस्तावको पक्षमा राप्रपाको समर्थन पाउनेमा ढुक्क हुन सक्छन् न प्रतिपक्षी एमालेले आन्दोलनको साथ । राप्रपाले अविलम्ब स्थानीय तहको चुनावको मिति तोक्न पनि माग गरेको छ ।