१३ वैशाख, काठमाडौं ।
सरकारले सहमति अनुसार अगाडि नबढेको निष्कर्ष निकाल्दै मधेसी मोर्चाले आन्दोलनमा जाने चेतावनी दिएको छ । सरकारले तराईको ११ जिल्लामा स्थानीय तहको संख्या बढाउन पत्राचार गरेर एमालेको दबाबमा पुनः निर्णय फिर्ता लिएकोप्रति मोर्चाले आपत्ति जनाएको हो ।

राजपाका नेता महेन्द्र राय यादवले सहमति लागू हुन नपाउदै सरकार पछि हटेको बताए । उनले नेपाली हेडलाइन्सँग भने,‘सरकारले पटक–पटक सहमति गरेर धोका दिदै आएको छ, सहमति पालना नभए हामी पुनः आन्दोलनमा जान्छौ ।’ उनले सरकार र मोर्चाबीच भद्र सहमति भएपनि सरकारले नै तोडने काम गरेको बताए ।