१० फागुन, काठमाडौं ।
सबैलाई सहमतिमा ल्याएर चुनाव गराउनका लागि सरकारले पाँच विकल्प अघि सारेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि पाँच विकल्प अघि सारेका हुन् ।

फाइल तस्बिर

प्रधानमन्त्रीले मधेसी मोर्चालाई समेत सहमतिमा ल्याएर चुनाव गर्नका लागि संसदमा पेश भएको संविधान संसोधन विधेयक पारित गराउने, स्थानीय तहको संख्या बढाउने, संघीय आयोग गठन गर्ने प्रस्ताव गरेका हुन् ।

त्यस्तै मोर्चालाई सहमतिमा ल्याउनका लागि एमाले सहित वार्ता गर्ने र एमालेलाई पनि सहमतीमा ल्याएर संसोधन विधेयक पारित गराउने विकल्प अघि सारेका खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले जानकारी दिए ।

स्थानीय तह पुर्नसंरचना आयोगले ५ सय ६५ तहको प्रस्ताव गरेपनि त्यसलाई बढाएर झण्डै ९ सय बनाउन सकिने सरकारको प्रस्ताव छ । कांग्रेस भने आयोगले प्रस्ताव गरेकै संख्या ठिक हुने पक्षमा छ ।

एमालेले यथास्थितीमा संसोधन पास गर्न सकिन्न  तर विकल्पमा छलफल गर्न सकिने बताएको छ ।

यो पढ्नुस्।

कमल थापाले लोहनी र राणालाई यसरी छक्याए