“कस्तो दामी!”

-कुशल श्रेष्ठ

समय पनि रोचक छ, ठ्याक्कै झरनाबाट खसेको पानी जस्तै, खसेपछि खस्यो खस्यो! एकचोटि महशुस गरिसकेको पललाई अर्को चोटि चाहेर पनि त्यस पलको खुसी लिन सकिँदैन। तर कुनै कुनै पलहरू यस्ता पनि हुन्छन्, जुन सहि समयमा आफ्नो सौन्दर्य झल्काइरहेका हुन्छन्, या भनौँ कुनै त्रुटिरहित ढङ्गमा बगिरहेका हुन्छन्।

फेरि यो प्रकृति अनि प्रविधि, दुवै अनौठा कुराहरू छन्, यी दुइबीचको सम्बन्ध अति नै प्रतिस्पर्धी हुन्छ। बितेको पल बितिसक्यो, त्यो फर्केर आउँदैन, तर, उपयुक्त समयमा उपयुक्त प्रविधिले अति सुन्दर पलहरूलाई कब्जा गर्न सक्दछ, या भनौँ त्यसको स्मृतिलाई सँधै ताजा गराइराख्न मद्दत गरिरहेको हुन्छ।

क्यामेराले सहि समयमा कब्जा गर्न सफल केही यस्ता तस्बिरहरु हेर्नुहोस्,

१. अगस्ट २३ मा, इङ्ग्ल्याण्डमा सम्पन्न भएको ‘ब्रिटिस सुपरबाइक रेस’को क्रममा ‘बेन गडफ्रे’को दुर्घटना हुँदाको पलWhat a Shot (1)

२. अगस्ट २१ को दिन, स्लोभाकियामा पर्ने ‘ब्राटिस्लाभा’ भन्ने ठाउँमा जापानी स्केटर ‘कोसिरो सिमादा’ले आफ्नो कलाको प्रदर्शन गर्दै गरेको पलWhat a Shot (2)

३. अगस्ट १८ मा, सिकागो सहरको ‘रिग्ली फिल्ड’मा सम्पन्न भएको बेसबल खेलकुदमा सिकागो क्लबका ‘एन्थोनी रिज्जो’ले फाउल बल समात्न त्रिपालमा हामफाल्दै गर्दाको उत्साहित पल!What a Shot (3)

४. अगस्ट २२ को दिन, श्रीलङ्कामा भएको टेस्ट म्याचमा भारत क्रिकेट टिमका कप्तान ‘बिराट कोहली’ले आफ्नो साथीले बल समात्न छुटाएपछि देखाएको प्रतिक्रिया! भारतले उक्त म्याचमा २७८ रन ल्याएर जित हासिल गरेको थियो।What a Shot (1)

५. अगस्ट २२ मा, म्याड्रिडमा सम्पन्न भएको होम म्याचको क्रममा स्पानिस क्लब ‘रायो भ्यालेचानो’का ‘म्यानुचो’ले हेडिङ्ग गर्दै गर्दाको क्षण!What a Shot (4)

६. अगस्ट २३ को दिन, १०० मिटर दौडको विश्व च्याम्पियनसिपको क्रममा जमाइकाका ‘उसेन बोल्टले चार अमेरिकी धावकहरूलाई उच्छिन्दै गर्दाको सुन्दर अनि प्रेरणादायि तस्विर! दुई चोटि ओलम्पिक च्याम्पियन जित्न सफल बोल्टले विश्व रेकर्ड कायम पनि गरेका छन्, र यस प्रतियोगितामा उनले ‘जस्टिन ग्याटलिन’लाई ९.७९ सेकेण्डले पछाडि पार्न सफल भएका थिए।What a Shot (5)

७. अगस्ट १८ मा क्यालिफोर्नियाको लङ्ग बिचमा सम्पन्न भएको ‘बिच भलिबल’ को विश्व सिरिजमा ‘ट्रिनीड्याड’ का ‘फेबियन ह्वाइटफिल्ड’ले डिगिङ्ग गरेपछिको उत्कृष्ट क्षण!What a Shot (6)

८. अगस्ट २२ को दिन बेल्जियन ग्राण्ड प्री को लागि तयारी गर्दै गरेका ‘डेनियल रिकियार्दो’को ‘फर्मूला वन’ कारबाट आगोको झिल्का निस्केको तस्विर!What a Shot (7)

९. अगस्ट २२ मा, स्वीजरल्याण्डको जेनिभामा भएको हकी खेल सुरु हुनु भन्दा अगाडि स्विस हकि समूहको चील प्रतिद्वन्दी समूहको माथिबाट उड्दै गर्दाको तस्विर!What a Shot (8)

१०. अगस्ट २३ को दिन डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको ‘आइरनम्यान साइकल रेस’को क्रममा चालकहरूलाई डेनमार्कको झण्डा देखाउँदै एक बालक, अति उत्कृष्ट!!What a Shot (9)