सबैलाई थाहा भएकै हो शरीरका लागि पानी अत्यावश्यक छ । तर, पानी पिउनुको पनि सही तरिका र समय हुन्छ । जसलाई अपनाएमा धेरै रोगबाट बच्न सकिन्छ ।drinking water lady

पानी पिउने तरिका :
आयुर्वेद चिकित्साअनुसार, पानीको तापक्रम शरीरको तापक्रम भन्दा कम हुनुहुन्न । गर्मी मौसममा धेरै जसो बाहिरबाट घर पुग्नासाथ पानी पिइहाल्ने गर्छन् । दौडधुप गरि घर पुग्ने बित्तिकै पानी पिउँदा शरीरलाई असर गर्छ ।

  • धेरै चिसो पानी पिउनाले शरीर कमजोर बन्छ । चिसो पानीले हृतयघात, मृगौला फेलको खतरा बढेर जान्छ ।
  • रातको समयमा पानीलाई तामाको भाडामा राख्नुहोस् र बिहान त्यही पानी पिउनुहोस् । ९० दिनसम्म यस्तो नियमित गर्नुहोस् । यसो गर्नाले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ । त्यस्तै, तपाईको अनुहारको डन्डिफोर तथा छाला सम्बन्धि रोगका लागि पनि फाइदाजनक हुन्छ ।
  • सकेसम्म कुनै प्लास्टिकको बोतलभन्दा गिलासमा पानी राखेर पिउने गर्नुहोस् । त्यस्तै एकै पटकमा धेरै पानी नपिउनुहोस्, ताकि पानीले भेट भरियोस् । तर, जब बिरामी पर्नुहुन्छ तब चाहि सकेसम्म पानी बढी पिउनुहोस् ।

पानी पिउने सही समय : 

विहान उठ्ने वित्तिकै दुई गिलास पिउनु राम्रो हुन्छ । खाना खानु आधा घण्टाअघि मात्र पानी पिउनुपर्छ, यसो गर्नाले खाना सजिलै पच्छ । त्यस्तै, खाना खाएको आधा घण्टापछि मात्र पानी पिउने गर्नुस्।

  • यस्तै, नुहाउन आधा घण्टाअघि पानी पिउनाले ब्लड प्रेसरको समस्या हुँदैन । सुत्नअघि पानी पिउनुहोस्, यस्तो गर्नाले हार्ट अट्याकको खतरा कम हुन्छ ।
  • व्यायाम गर्नुअघि र पछि एक गिलास पानी पिउनाले ‘डिहाइड्रेसन’को समस्या हुँदैन । घरबाहिर जानुअघि पानी पिउनुहोस् ।

यो पढ्नुस।

खानासंगै पानी खाँदा के हुन्छ ?

पानी पिएर १० दिनमा ५ किलो घटाउने तरिका