१६ असोज, एजेन्सी । साउदी अरिबियाका महिलाहरुले अब सवारी आफै चलाउन पाउने भएका छन । साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ ।

साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो सम्बन्धी अनुमति दिइएको छ । साउदी अरेबियामात्र संसारको यस्तो देश थियो जहाँ महिलालाई सवारी चलाउने अनुमति थिएन । तर यो पछिल्लो निर्णयको महिलाले स्वागत गरेका छन् ।

सरकारको अनुमतिपछि प्रिन्सेस नउराह विश्वविद्यालयले उक्त स्कुल खोल्न लागेको जानकारी दिएको छ । उक्त विश्वविद्यालय महिलालाई अध्यापन गराउने विश्वविद्यालय हो ।

गत मङ्गलबार मात्र साउदी अरेबियाका राजाले महिलाले पनि सवारी चलाउन पाउने अनुमति दिइएको घोषणा गरेका थिए