६ कात्तिक, काँकडभिट्टा (झापा)।

साउदी अरबमा रोजगारीका लागि गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ ।

इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि वैदेशिक रोजगारीमा साउदीको जेद्दा पुगेका २६ वर्षीय उनि त्यहाँको एउटा पोल्टी फार्ममा कार्यरत थिए ।

पोल्टी फार्ममै उनको मृत्यु भएको भनी जेद्दामा कार्यरत नेपाली कामदारले खबर पठाएको र इटहरीस्थित मेनपावर कार्यालयले समेत मृत्युको लिखित जानकारी दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मृतक तेजप्रसादकी आमा र पत्नी घरमा छन् । उनका बुबाको गत वर्ष निधन भएको थियो ।

मृतकको शव नेपाल ल्याउनका लागि चम्लागाईंको परिवारले मेनपावर कम्पनिलाई आग्रह गरेको छ । रासस