३ जेठ, साना । साउदी अरब नेतृत्वको हवाइ आक्रमणमा बुधबार २३ जना यमनी नागरिकको मृत्यु भएको यहाँको सिया हुथी विद्रोही समूहले जनाएको छ ।

आक्रमणमा केही महिला, बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको छ ।

गठबन्धन सेनाको विश्वस्त स्रोतले आक्रमणको पुष्टि गरेको छ । तथापि घटनामा २० जना सर्वसाधारणको मृत्यु भएको उक्त स्रोतले जनाएको छ ।

गठबन्धन सेनाको स्रोतले घटना भूलबस भएको बताएको छ । रासस/एएफपी