३१ साउन।

तीन दिन पछिको पूर्णिमा संगै यो वर्षको साउन महिनाको प्रभाव सकिनेछ। आज अन्तिम सोमबार पनि हो। आज शिव भगवानलाई खुसी पार्न सके जीवनमा सुख शान्ति अनि वैभव आउने विश्वास गरिन्छ। अन्तिम सोमबार भएकाले आजको दिनलाई विशेष पनि मानिन्छ।lord shiva fire 32318617

यो पढ्नुस्: भगवान शिवका १०८ नाम: यस्ता छन् अर्थ
यो पढ्नुस्: शिवपुराणमा लेखिएका मृत्युका १० संकेत, जुन स्वयम् शिवले बताएका थिए

राशि अनुसार भगवान शिवलाई पढ्नुस् कसरी खुसी पार्ने:

मेष राशि
शिवलिङ्गमा काँचो दुध अर्पित गर्नसु। साथै शिवलाई धतुरो चढाउँदा खुसी हुने विश्वास गरिन्छ। भगवानको आरती गर्दा कपुर जलाएर गर्नुस्।

वृष राशि
कुनै पनि शिव मन्दिरमा जानुस् र उखुको रसले स्नान गराउनुस्। मिठाइको भोग लगाए आरती गर्नुस्।

मिथुन राशि
स्फटिकको शिवलिङ्मा पुजा गर्नु श्रेष्ठ रहनेछ। रातो गुलाव, चन्दन शिवलिङ्गमा चढाउनुस्।

कर्कट राशि
अष्टगन्ध र चन्दनले शिवजीलाई अभिषेक गर्नुस्। आँटाको रोटी बनाइ भोग लगाउनुस्।

सिंह राशि
फलको रसको साथ पानीमा चीनी घोलेर शिवलिङ्गमा अभिषेक गर्नुस्।

कन्या राशि
महादेवलाई बयँर, धतुरो, अनि फूल अर्पित गर्नुस्। कपुर मिश्रित जलले शिवलिङ्गमा अभिषेक गर्नुस्।

तुला राशि
पानीमा विभिन्न प्रकारको फूल राखेर शिवजीलाई अभिषेक गर्नुस्।

वृश्चिक राशि
शुद्ध जल शिवलिङ्गमा चढाउनुस्। मह, घ्यूले स्नान गराएपछि पुन पवित्र जलले स्नान गरी आरती गर्नुस्।

धनु राशि
पवित्र पानी अनि गुलाव अर्पित गरि शिवजीको आरती गर्नुस्।

मकर राशि
गहुँले शिवलिङ्ग ढाकेर विधिवत् पुजा गर्नुस्। पुजा सकिएपछि गहुँ दान गर्नुस्। यस्तो उपायले सबै समस्या समाप्त हुनेछन्।

कुम्भ राशि
सेतो र कालो तिल एक साथ मिसाएर एकान्तमा रहेको शिवलिङ्गमा चढाउनुस्। जल चढाई आरती गर्नुस्।

मीन राशि
पिपलको तल बसी शिवलिङ्गको पुजा गर्नुस्। ‌’ॐ नम: शिवाय’ मन्त्र जप्दै आरती गर्नुस्।