४ भदौ, एजेन्सी।

माइक्रोब्लगिङ साइट ट्वीटरले करिब साढेँ दुई लाख अकाउन्ट बन्द गरेको छ।
चरमपन्थी संगठन आइएसलाई प्रचार गरेको कारण यी अकाउन्ट बन्द गरिएको ट्वीटरले बताएको छ।twitter account pic

यसरी ठूलो संङ्ख्यामा ट्वीटर बन्द गरिएको यो दोस्रो पटक हो।

यो भन्दा अघि फेब्रुअरीमा ट्वीटरले एक लाख भन्दा अकाउन्ट बन्द गर्ने बताएको थियो। ती अकाउन्ट पनि आइएस सम्बद्ध भएको बताइएको थियो।