काठमाडौं, ३ चैत । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । कारोबार अवधिभर हरियाली छाएको नेप्से परिसूचक बन्द हुँदा ५ दशमलब ९९ बिन्दुले उकालो लागेर ११ सय ६१ दशमलब ४५ बिन्दुमा पुगेको छ ।

साइन रेसुंगा विकास बैंकको संस्थापक शेयर सबैभन्दा धेरै विक्री भएको बजारमा कूल १४ लाख ७७ जहार ८ सय ९२ शेयर ३७ करोड १२ लाख ३६ हजार २ सय ५२ रुपैयाँमा कारोबार भयो । होटल, विकास बैंक र अन्य बाहेक अरु सबै उपसमूह पनि हरियो भएका छन् ।

आइतबारको बजारमा सबैभन्दा धेरै आशा लघुवित्त वित्तिय संस्था लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै ९ दशमलब ८४ प्रतिश कमाएका छन् । हालै एक सय रुपैयाँमा किनेको यो लघुवित्तको शेयरको बजार मूल्य ४ सय २ रुपैयाँ पुगेको छ । तिनाउ विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै प्रतिशेयर १२ रुपैयाँ गुमाएका छन् ।