पर्सा, २ जेठ । पर्साको महादेवपट्टी प्रहरी चौकीका प्रहरीले सात केजी लागूऔषध गाँजासहित एक भारतीयलाई पक्राउ गरेको छ ।

जिल्लाको ओरिया खोला किनारबाट बीआर २२ एम २३७९ नम्बरको मोटरसाइकलमा गाँजा लिएर भारततर्फ जाँदै गरेका बेला ग्रामिण क्षेत्रमा खटिएको प्रहरीले अभियुक्तलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका भारतीय नागरिक भारतको बिहार राज्य पश्चिम चम्पारण भागाहा बस्ने शुखराम महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ स्थित ओरिया खोला किनारबाट लागूऔषध गाँजा लिएर सीमानाकातर्फ जाँदै गरेको समयमा प्रहरीले चेक गर्दा नुनिया पक्राउ परेका हुन् ।