२ भदौ, काठमाडौं ।

सांसद मिठ्ठु मल्लले चरित्र हत्या गर्ने मनसायले काग्रेस जिल्ला कार्यसमिति रुकुमले आफुमाथि कार्वाही गरेको आरोप लगाएकी छिन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर सांसद मल्लले गत बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीलाई घात गरेको भन्ने निराधार आरोप लगाएर साधारण सदस्य समेत नरहनेगरि निश्कासन गरिएकोमा खेद व्यक्त गरेकी छिन् ।

सांसद मल्लले भनिन्, ‘म त्यतिबेला सहरी राज्यमन्त्री थिएँ, यो कुरा कति पत्याउन लायक छ ? त्यस्तो अवस्थामा मैले पार्टीको आस्था र मयार्दालाई शिरमा राखेर निर्वाचनमा पार्टीलाई विजयी बनाउन खटिएँ तर पार्टीका साथीहरुले यस्तो गैर–जिम्मेवार र व्यक्तिगत रिसिईबीले गर्दा आज चरित्र हत्या गर्न खोजिएको छ, अब हामी जतिपनि कारवाहीमा मुछिएका छौं, हाम्रो समस्या समाधानको लागि केन्द्रिय नेता र केन्द्रिय कार्य समितिमा जान्छौँ।’

रुकुम क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति सुरतजंग मल्लले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई घात गरेको स्पष्ट प्रमाण कसैले दिएको खण्डमा कार्वाही भोग्न तयार रहेको बताए ।

सभापति मल्लले भने, ‘मैले स्थानिय तहको निर्वाचन सक्दो सहयोग गरेको छु, हाम्रो क्षेत्र भनेको माओवादीको पकड ईलाका हो, हाम्रो पार्टीले उम्मेदवार छान्ने र संगठन बलियो बनाउने काममा गल्ति गरेको थियो तर मैले कुनै पनि हालतमा पार्टीको भलाई नै आफ्नो हित ठानेर दिन–रात निर्वाचनमा डटेर लागे तर आज मिथ्था आरोप लगाएर हामीलाई नै कार्वाही गरिएको देख्दा अच्चम्म लागेको छ।’

रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर पुनले आफुमाथि जिल्ला कार्यसमित रुकुमले गरेको कारवाही पूर्वाग्रही भएको दाबी गरेका छन् ।