२५ पुस, काठमाडौँ।

के तपाई चित्र कोर्न सक्नुहुन्छ, गितार बजाउन सक्नुहुन्छ, रेडियो, टिभी वा कम्प्युटर मर्मत गर्न सक्नुहुन्छ वा परम्परागत कुनै मिठो परिकार बनाउन सक्नुहुन्छ वा पसलबाट चिम किनेर कसैको घरमा जडान गर्न सक्नुहुन्छ वा कसैको राम्रो तस्बिर खिच्न सक्नुहुन्छ वा तपाई होम ट्युसन पढाउन सक्नुहुन्छ? तपाईले नसोचेको यस्ता सानोकामबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ। छोटो समयमै सकिने यस्ता कामबाट पैसा आउला भनी हामी धेरैले कल्पना समेत गरेका हुँदैनौँ।sanokam-1486220

देशको राजनीति, अर्थतन्त्र साथै समग्र शैक्षिक अनि सामाजिक व्यवस्था अस्तव्यस्त हुँदा हरेक वर्ष विदेशीनेको सङ्ख्या बढ्दो छ। आफुसँग सीप हुँदाहुँदै बेरोजगार हुनुको पीडा त छँदैछ साथै घरमा बुढा बा-आमा अनि छोराछोरीलाई छोडेर विदेशीदा घरका स-साना काम गराउन समेत मान्छे नपाइने स्थिति टड्कारो छ। देशमा बसेका युवाले समेत आफ्नो सीप प्रयोग गर्ने ठाउँ पाइराखेका छैनन्।

यी अनि यस्तै स-साना तर दैनिक जीवनमा आइपर्ने समस्या समाधानको उपाय के त? हाम्रो दैनिक जीवनमा आइपर्ने यस्ता सानातिना काम गराउन आफुले खोजेजस्तै मान्छे कहाँ भेट्ने? अनि आफ्नो सीप उपयोग गरेर राम्रो आम्दानी कसरी गर्ने?

व्यवहारिक पक्ष

सोच्नुस्, तपाईले कुनै काम गर्न सक्नुहुन्छ र तपाईको घर छेउकै मान्छेलाई तपाइको खाँचो छ। तर बिडम्बना तपाईहरु बिच कुनै सम्पर्कको माध्यम छैन त्यसैले तपाईले राम्रो अवसरहरु गुमाइराख्नु भएको छ।

त्यस्तै, तपाई कुनै काम गर्ने मान्छेको खोजीमा भौँतारी रहनुभएको छ तर खोजे जस्तै मान्छे तपाईकै घर छेउमा हुँदा हुदै पनि तपाईको घण्टौँ समय बर्बाद भइरहेको छ।

यी र यस्तै समस्या समाधनको लागि केही नेपाली युवाको प्रयासमा एक वेबसाइट सुरु भएको छ जसले माथी उल्लेख गरिएको झै दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न मद्धत गर्छ। ‘सानोकाम डट कम’(sanokam.com) नामक यो वेबसाइटले सेवा दिने र सेवा लिने बिच सम्पर्क कायम गराउँछ। यो एक गैरनाफामुलक वेवसाइट हो जसमार्फत तपाईले आफुसंग भएको सीप अरु माझ बाड्न सक्नुहुन्छ, र जसलाई तपाईको सीपको खाँचो छ उसलाई सेवा प्रदान गरि राम्रो आम्दानी समेत गर्न सक्नुहुनेछ।

त्यसो त नेपालमा अन्य जवपोर्टलहरु पनि सञ्चालनमा नआएका भने होइनन्। तर यो वेबसाइट विकास गरेका विवेक शर्मा चापागाईँ भन्छन्, ‘सानोकाम कुनै जवपोर्टल होइन। यो नितान्त समुदायमा आधारित दैनिक जीवनमा आइपर्ने काम लिने र दिने ठाउँ हो।’ उनी भन्छन, ‘आफुले खोजे बेला काम गर्ने सक्ने मान्छे पाउन मुस्किल छ भने अर्को तिर लाखौँ बेरोजगार युवाहरु आफ्नो समय त्यसै बर्बाद गरिरहेका छन्। आफुले गर्नसक्ने साना काम बाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कमैले सोचेका हुन्छन्।’

कस्तो कामलाई सानोकाम भन्ने? शर्मा भन्छन्, ‘ तपाइको घरमा टिभी, फ्रिज तथा कम्प्युटर मर्मत गर्नुपर्ने छ, घरमा रंगरोगन गर्नुपर्नेछ, वा बालबच्चालाई ट्युसन पढाउनुपर्नेछ, वा कुनै चाडपर्व विशेष परिकार तपाईलाई खान मनलागेको छ तर बनाउने सीप छैन भने तपाईलाई सानोकामले सहयोग गर्छ। कुनै पनि काम सानो हुँदैन। कामलाई सम्मान गर्ने परिपाटीको विकास गर्न सकियो भने मात्र देश विकास गर्न सकिन्छ।’

देशमा व्याप्त बेरोजगारीको समस्या केही हदसम्म भएपनि कम गर्ने सकिन्छ कि भनी यो वेबसाइटमा काम सुरु गरेको अनुभव शर्मा सुनाउँछन्। उनी लगातय उनको टिम डेढ वर्ष देखि सानोकाम डट कम निर्माणमा काम गर्दैछन्। व्यवहारिक जीवनमा प्रविधीको उचित प्रयोगले सकारात्मक प्रभाव पार्न सकिने कुरामा उनी विश्वस्त छन्।

व्यवसायिक पक्ष

तपाइसंग कुनै सीप छ तर व्यवसाय सुरु गर्न पैसा छैन वा व्यवसाय सुरु गरिसक्नु भयो र प्रवर्धन गर्ने उचित ठाउँको खोजीमा हुनुहुन्छ भने पनि सानोकाम तपाईको लागि उत्कृष्ट प्ल्याटफर्म हुनसक्छ। सानोकाममार्फत आफुले प्रदान गर्ने सेवाहरु आफ्नो ग्राहक माझ पुर्याइ आफ्नो व्यवसायलाई थप प्रवर्धन गर्न सकिनेछ।

प्राविधिक पक्ष

शर्माको अनुसार सानोकाममा गएर काम माग्ने भन्दापनि आफुसंग भएको सीप साथै सेवा अरु माझ ‘अफर’ गर्ने हो। साथै कुनै काम गर्ने मान्छे चाहिएको खण्डमा सानोकाममा गई खोज्न अथवा सोध्न सकिन्छ। सानोकाममा १५० भन्दा बढी प्रकारका सेवाहरु उपलब्ध छन्। सानोकामको अर्को मुख्य विशेषता भनेको सानोकाम ब्राउज गरी आफ्नो घर छेउमा उपलब्ध सेवा तथा कामहरु सजिलै हेर्न सकिन्छ।

भिडियो हेर्नुस्: