९ भदौ, काठमाडौं ।

१५ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज फाइनल प्रवेशका लागि बंगलादेशको सामना गर्दैछ । खेल दिउँसो ३ बजे एन्फा कम्पलेक्स सातदोबाटोमा हुनेछ ।

नेपाल समूह बी को उपबिजेता हुँदै सेमिफाइनल पुगेको हो । नेपालले समुह चरणको खेलमा माल्दिभ्सलाई ६–० ले हराएको थियो भने भारतलाई २–१ ले नतिजा सुम्पेको थियो ।

आजै हुने अर्को सेमिफाइनलमा भारत र भुटान भिड्नेछन् । दिउँसो ३ बजे नै हुने खेल सशस्त्र प्रहरीको हलचोक मैदानमा हुनेछ । आज जित्ने दुबै टोलीबीच प्रतियोगिताको उपाधि भिडन्त हुनेछ ।