एजेन्सी । विश्वकै ठूलो स्मार्ट फोन कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले उत्पादन गरेका स्मार्ट फोनमा एक पछि अर्काे समस्या थपिएको छ । कम्पनीले निकालेको अहिलेसम्मकै सबैभन्दा एडभान्स ग्यालेक्सी नोट सेभेनको ब्याट्रि पड्किन थालेपछि कम्पनीले फिर्ता लिइरहेको छ । तर अहिले फेरि ग्यालेक्सी एस सेभेन एज पनि पड्किएको खबर आएको छ ।

Smart phone 259919

खबर अनुसार इङ्ल्याण्डको विथम शहरमा एक महिलाले बोकेको ग्यालेक्सी एस सेभेन एज अचानक फुलेर बेलुन जस्तै भयो र एकाएक धुवाँ निस्किएर पग्लन थाल्यो । ३० बर्षीया सारा क्राकेट एक कफी सपमा भएको बेला घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

याे पनि पढ्नुस: स्मार्टफोन किन पड्किन्छ ?

यो घटना कफी सपको सीसी टिभी क्यामरेमा पनि कैद भएको छ । बेलायती पत्रिका द सन सँग कुरा गर्दै साराले भनिन्, ‘अचानक मेरो स्मार्टफोन तातेर बेलुन जसरी फुल्यो, त्यसपछि मैले त्यसलाई टेबुलमा राखे केहीबेरमै यसबाट धुवाँ निस्कन थाल्यो र मोबाइल पग्लियो ।’ उनले मोबाइलमा भएका आफ्ना सबै फोटोहरु खतम भएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले त्यतिबेला मोबाइल मेरो छोराको हातमा भएको भए के हुन्थ्यो ? यदि मैले गाडी चलाइरहेका बेला यस्तो भएको भए के हुन्थ्यो ? भन्ने प्रश्न समेत गरेकी छिन् ।

याे पनि पढ्नुस: स्मार्टफोनको बजार पकड गुमाउँदै सामसुङ

उनले सामसुङ कम्पनीमा मोबाइलबाट धुवाँ निस्किरहेको सिसिटीभी फुटेज पठाउँदै कम्प्लेन पनि लेखाएकी छिन् । कम्पनीले चार्जमा भएको बेला त्यस्तो भएको हुन सक्ने बताएपनि साराले भने मोबाइल चार्जमा नहुँदै यस्तो भएको बताएकी छिन् ।