९ वैशाख, काठमाडौं । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले लेखकले सामाजिक एकता र आर्थिक रुपान्तरणका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन ।

नेवाः पे्रस दवुःले लेखक मोतिलाल सिल्पकारको जीवनीमा आधारित स्मृति ग्रन्थ ‘लुमन्ती जीवन या ग्रन्थ’को विमोचन कार्यक्रममा उनले लेखकको सिर्जनशीलताले समाजलाई सही दिशानिर्देश गर्न बाटो देखाउने र त्यसले समाजलाई अग्रगतिमा लैजाने बताए ।

नेपाली कला, संस्कृति तथा साहित्यको मौलिकताले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सहयोग मिलेको उनको भनाइ थियो ।

अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु ज्ञानपूर्णिकले लेखक सिल्पकारले बौद्ध साहित्य तथा दर्शनका क्षेत्रमा लामो अनुसन्धान र अनुभव हासिल गरी धेरै कृति प्रकाशन गर्नुभएको जानकारी दिए ।

लेखक सिल्पकारको दोस्रोपटक रथारोहण (जङ्कु) सम्पन्न गरेको उपलक्ष्यमा सो कृति नेवारी भाषामा प्रकाशन गरिएको हो । नेवारी समुदायमा ७७ वर्षमा पहिलो, ८८ वर्षमा दोस्रो र ९९ वर्षमा तेस्रोपटक रथारोहण गराउने परम्परा छ । रासस