१३ फागुन, एजेन्सी ।

बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नी श्रीमती ऐश्वर्या रायलाई सामाजिक सञ्जालमा प्रयोगगर्न प्रतिबन्ध लगाएका छन् ।

त्यसो त ऐश्वर्या राय सामाजिक सञ्जालमा त्यति सक्रिया छैनन्, तर जब उनको कुनै फिल्म आउँछ तब उनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । तर, यस पटक अभिषेकले ऐशलाई यसो गर्नबाट पनि रोक लगाएका छन् ।

ऐश्वर्या आफ्नो फिल्म प्रचार र शुभचिन्तकसँग जोडिरहन सामाजिक सञ्जालमा आउन चाहन्छिन्, तर अभिषेकले फेसबुक र ट्विटरमा जोडिनअघि दुई पटक सोच्नु भनी बताएका छन् ।

खबरअनुसार, सामाजिक सञ्जालमा कलाकारमाथि नराम्रो गाली, भद्दा कमेन्ट गर्ने भएकाले शलाई प्रतिबन्ध लगाएको अभिषेकले बताएका छन् । अभिषेक आँफै पनि यसको शिकार भइसकेका छन् र अब आफ्नी पत्नीलाई शिकार हुन नपरोस् भन्ने अभिषेक चाहान्छन् ।

एक अन्तरवार्तामा ऐश्वर्याले पनि ससुरा र पतिका कारण ट्विटरमा आउन नसकेको बताएकी थिइन् ।