७ जेठ, काठमाडौं।

महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीबारे तल्लोस्तरमा लेख्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले नेपाली खबर अनलाइनमा ‘कमेन्ट’ गर्ने सिन्धुपाल्चोकका ३४ वर्षीय लालबहादुर तामाङलाई हिजो बानेश्वरबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जालको दुरुपयोग गरी त्रास फैलाउने कार्यमा संलग्न रहेकाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए। अभियुक्त तामाङलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।