२७ पुस, काठमाडौं । सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

prachanda-cabinate

बैठकका निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले भने ‘कुन कुन पर्व वा समारोहमा बिदा दिने पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई भनेका छौँ।’ पुनरावलोकनका लागि सरकारले गृह मन्त्रालयलाई एक महिनाको समय दिएको छ ।

मन्त्रीपरिषद बैठक:  पुनर्निर्माण प्राधिकरणको प्रमुखमा पोखरेल

‘कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएका छ’ कार्कीले भने । पृथ्वी जयन्तीका अवसरमा आज सार्वजनिक विदा दिन माग भएपनि सरकारले विदा दिएन ।