एजेन्सी ।

यदि तपाइँको फेसबुक पेजमा पोर्न भिडियोको क्लिप देख्नु भो भने सावधान हुनुस् । फेसबुकले आफ्ना प्रयोगकर्तालाई चेतावनी जारी गर्दै फेसबुकमा देखिने पोर्न जस्ता देखिने अप्सनमा क्लिक नगर्न भनेको छ ।

खासमा फेसबुकमा अनेकन पोर्न लिङ्क मालवयरकोरुपमा प्रसारित भैरहेको भन्दै फेसबुकले पोर्न लिङ्क क्लिक गर्दा अहिले सम्म १ लाख १० हजार भन्दा बढी प्रयोगकर्ताका कम्प्युटरमा समस्या आएको समेत जनाएको छ ।

facebook porn link

कुनै पनि साथीको लिङ्कमा पनि अश्लिल सामग्री जस्तो देखिने लिङ्क देखेमा समेत त्यसलाई वेवास्ता गर्न फेसबुकले आग्रह गरेको छ ।

यस्ता लिङ्कमा क्लिक गर्दा फेसबुकबाट अर्को वेब पेजमा पुगिने र त्यसले तपाइँको कम्प्युटर वा मोबाइलको स्क्रिनमा फ्ल्याश अपडेट गरिदिने गर्छ । त्यसमा दिइएको लिङ्क क्लिक गर्दा भाइरसको लिङ्कमा जाने र कम्प्युटरमा ट्रोजन नामको भायरस इन्सटल हुने पनि फेसबुकले जनाएको छ ।

यस्तो भाइरसको चपेटामा एक पटक आइसकेपछि अनेक समस्या आउने फेसबुकले जनाएको छ । यो भाइरसले २० फ्रेण्डको पेजमा ट्याग समेत गर्ने गर्छ ।