काठमाडौं, ८ जेठ । नेपाली खेलाडी सावित्रा भण्डारीले आफू आवद्ध सेथु फुटबल क्लबलाई भारतीय महिला लिग फुटबलको उपाधि जिताएकी छिन् ।

बुधबार गुरु नानक स्टेडियममा भएको फाइनल खेलमा सावित्राको २ गोलको मद्दतमा सेथुले लिगको उपाधि उचालेको हो । मनिपुर पुलिस क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्ने क्रममा सावित्राले खेलको ६० र ७० औं मिनेटमा गोल गरेकी हुन् । पहिलो हाफसम्म १-० ले पछि परेको सेथु क्लब दोस्रो हाफपछि लयमा फर्किएको थियो ।

सेथुका लागि ५६ औं मिनेटमा इन्दुमतीले बरावरी गोल गरेकी थिईन् । सेमिफाइलनमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबलाई ८–१ को भारी गोल अन्तरले पराजित गर्दा नेपाली फरवार्ड सावित्राले ४ गोल गरेकी थिईन् ।