एजेन्सी।

भारतमा एक निराश बुहारीले सासु बेच्न अनलाइनमा विज्ञापन दिएकी छिन्। यस्तो घटना विश्वमै पहिलो पटक सुनिन आएको हो।

mother-in-law in add

विज्ञापन खरिद बिक्रि गर्ने वेवसाइट ‘फाइदा डटकम’ मा यो विज्ञापन देखिएको छ। विज्ञापनमा एक वृद्ध महिलाको तस्बिर राख्दै ट्यागमा ती बुहारीले लेखेकी छिन ‘मदर इन ल इन गुड कन्डिसन’ (सासु राम्रो अवस्थामा)। यी सासु-बुहारी कहाँका हुन भनि जनाइएको छैन। तर केही मिनेट पश्चात नै यो अनौठो विज्ञापन साइटले हटाइदियो।

केके लेखिएको थियो विज्ञापनमा?

आवाज– यति मधुर कि आसपासका मानिसको ज्यान लिन्छ।
उमेर: करिब ६० वर्ष।
अवस्था: कामचलाउ।
कति पुरानो: पाँच वर्ष।
खाना की कट्टर आलोचक: सासु खाने कुरामा कट्टर आचोलन गर्छिन।
तपाइ जतिनै मिठि खाना बनाउनुहोस, उनी केही न केही कमी पत्ता लगाइहाल्छिन।

प्रसंसा पनि: उनी राम्रो सल्लाहकार पनि हुन। उनी यो बताउन समय नै लगाउदिनन् कि तिमी यो भन्दा पनि राम्रो गर्न सक्थ्यौ।

मुल्य: कति पनि नचाहिने।
सट्टामा: दिमागलाई शान्ति दिने किताब।

यो पनि पढ्नुस्।

यौनको विषयमा केटीहरुले सोंच्ने १० अनौठा कुरा

अनौठा कारणले चीनमा प्रतिबन्धित ५ चीज

विश्वकै सबैभन्दा सेक्सी रोबोट – हेर्नुस् भिडियो