६ भदौ, काठमाडौं ।

नेपालकी सर्वाधिक सफल अभिनेत्री मानिने सुन्दरी अभिनेत्री रेखा थापा साहित्यमा पनि असाध्यै रुची राख्छिन भन्दा तपाइँलाई अचम्म लाग्ला । तर उनले यो कुरा आफै बोलेकी हुन् ।

शनिबार एक साहित्यकार महेश पौड्यालको उपन्यास ‘तादी किनारको गीत’ सार्वजनिक गर्दै रेखाले आफूलाई साहित्य असाध्यै मन पर्ने बताइन् ।

Rekha thapa poetry

राजधानीमा चलिरहेको अन्तर्राष्ट्रिय पुस्तक मेलामा कृति लोकार्पण गर्दै रेखा थापाले आफू साहित्यतिर निकै आकर्षित हुने गरेको बताइन् । उनले साहित्य र चलचित्र एकै ठाउँ आइपुग्दा उत्कृष्ठ बन्ने समेत धारणा राखिन् ।

जन्मदिन मनाउँदै मुडमा रहेकी रेखाले कार्यक्रममा केक समेत काटेकी थिइन् ।

Rekha thapa poetry 1

नेपाली नायिका मध्ये सर्वाधिक फेसबुक लाइक भएकी अभिनेत्री रेखाले अव साहित्यमा पनि पाइला टेक्ने त होइनन् यो भने अनुमानको विषय बनेको छ ।