६ साउन, काठमाडौं । १९ वर्ष मुनीको आइसीसी विश्वकप क्रिकेट छनौटमा नेपालले सिंगापुरविरुद्ध २२ रनको कठिन जित दर्ता गरेको छ । पहिलो खेलमा सजिलै ४ विकेटले हराएको घरेलु टोलीलाई आज हराउन नेपाललाई निकै हम्मे पर्यो ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६ दशमलब ५ ओभरमा १ सय ४६ रनमा अलआउट भयो । नेपालका कप्तान सन्दिप लामिछानेले ४ विकेट लिए भने पवन सर्राफ र किशोर महतोले दुई दुई र दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल पनि ४६ दशमलब ५ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए भने सन्दिप सुनारले २६ र प्रकाश केसीले २३ रनको योगदान गरे ।

डबल राउण्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा नेपाल हिजो अफगानिस्तानसँग भने १ सय ४१ रनले पराजित भएको थियो ।