१४ फेब्रुअरी जकिँदै गर्दा प्रेम जोडीहरु ‘रोमान्टिक’ बन्दै गइरहेका छन् । कोही जोडी बनाउँने अवसर खोज्दैछन्, त कोही एक–अर्कामा नजिकिने प्रयास गर्दैछन् । त्यसो त भ्यालेन्सटाइन डे अर्थात् प्रणय दिवस पश्चिमा समाजबाट भित्रिएको संस्कृति हो । नेपालका केही प्रमुख शहरका युवा–युवतीले यो अवसरको भरपूर फाइदा उठाउन चाहान्छन् ।nice-couple-valentine-photos

हिजोआज जो–कोही प्रेममा हुन्छन्, तर कोही यस्ता पनि हुन्छन् जो प्रेमभन्दा टाढा रहन्छन् र आफूलाई प्रेमको पिडा वा अनुभूतिबाट टाढै राख्न चाहान्छन् । यदि तपाई पनि ‘सिङ्गल’ हुनुहुन्छ भने भ्यालेनटाइन डे तपाईलाई पक्कै दिक्दार लाग्दो हुनुसक्छ । तपाईका लागि केही टिप्स जसले भ्यालेनटाइन डेको दिक्दारीबाट टाढा राख्न सहयोग गर्छ ।

१. केही सन्दर्भ खोज्नुहोस् – यदि तपाई ‘भ्यालेन्सटाइन डे’मा सिंगल अर्थात् एक्लो भएकाले खिन्न महशुस गर्नुहुन्छ भने तपाई जस्तै कोही सिंगल भएर बसेकाको साथ खोज्नुहोस् । यस्तै, भ्यालेन्सटाइन डेलाई एक अर्थबिहिन दिन सम्झनुहोस्, अर्थबिहिन यस अर्थ कि तपाई आफ्नो प्रेमी वा प्रेमिकालाई खुशी बनाउने बाहाना खोज्न वा गिफ्ट किन्ने, डिनर लाने झन्झटबाट मुक्त हुनुहुन्छ ।

२. सिंगल हुनुको फाइदालाई सम्झनुहोस् – प्रेम जोडी विवाहित अविवाहित दुवै हुन्, र प्रणय दिवसमा उनिहरुकै लागि बनेको भन्ने भान पक्कै होला । तर, एकल हुनुको फाइदा सायद तपाईलाई जति अरुलाई थाहा नहोला । एकल हुनुको फाइदाहरुलाई लामो तालिकामा लेख्नुहोस्, जस्तै, कम जिम्मेवारी, पर्याप्त समय, स्वातन्त्रताआदि । एकल हुनुको खिन्नताभन्दा फाइदामा केन्द्रित हुनुहोस् । यदि कसैले प्रणय दिवसमा तपाईको खिल्ली उडाएमा ‘म खुशी छु’ भावको उत्तर दिन तयार रहनुहोस् ।

३. आफैमा खुशी रहने – रोमान्टिक कथाहरुले प्राय दोस्रो व्यक्तिले तपाईलाई पूर्ण बनाउँछ भन्ने सुझाउँछ । ‘दुई मुटु एक धड्कन’, ‘मेरो आधा प्राण’ जस्ता वाक्यांश अस्वस्थ्य सन्दर्भ हुन्, जुन वास्तवमै लागु हुँदैनन्, जसले बाँधिने, स्वातन्त्रताविहिन, आफूलाई अर्को व्यक्तिमा सिध्याउनेआदि बुझाउँछ । त्यस्तै, प्रेम जोडी सँधै रोमान्टिक र खुशी रहन्छन् भन्ने हुँदैन । एकल हुँदा तपाई आफूले चाहेको ठाउँ, काम, कपडा लगाउन सक्नुहुन्छ । यस्ता झन्झटबाट टाढा हुनुहुन्छ, त्यसैले तपाई आफू एकल हुनुमा गर्भ गर्नुहोस् ।

३. आफूलाई ‘ट्रिट’ दिनुहोस् – यहाँ ‘ट्रिट’को अर्थ पार्टी वा रमाउने बुझाउँछ । तपाई एक्लै पक्कै हुनुहुन्न जो भ्यालेटाइन डेलाई महत्व दिनुहुन्न । कतै मसाज सेन्टर जान सक्नुहुन्छ दिनभरलाई, साथीहरुसँग केही टाढा पुग्न सक्नुहुन्छ । आफ्नो लागि स्वादिष्ट र स्वास्थ्यकर खाना बनाएर खानुहोस् । बाहिर बजारमा सुन्दर फूल वा टेड्डी देख्नुभयो भयो कोठा सजाउन ल्याउन सक्नुहुन्छ । यसरी पनि तपाई भ्यालेन्टाइनका लागि बनाइएका चीजसँग रमाउन सक्नुहुन्छ ।

४. अन्य ‘सिंगल’ले कसरी मनाए ? – केही बारहरु सिंगलका लागि बनाइएका हुन्छन्, तपाई त्यहा आफूलाई व्यस्त राख्न सक्नुहुन्छ । तर, त्यहा आफू कसैसँग नजिकिन्छु भन्ने आशा नराख्नुहोस् । नयाँ व्यक्तिहरुसँग भेट्नुहोस्, नयाँ कुरा गर्नुहोस्, आफ्ना कुरा बाड्नुहोस् ।

५. पैसा बचेकोमा खुशी हुनुहोस् – भनिन्छ, प्रेम मुल्यवान अर्थात् अमूल्य हुन्छ, जसलाई पैसासँग तुलना गर्न सकिँदैन । वास्तवमा ‘भ्यालेनटाइन डे’मा पैसाको निक्कै महत्व हुन्छ । यस दिन आफ्नो जोडीका लागि उपहार किन्ने चलन नै छ, यति मात्र होइन घुम्न वा कतै डिनर, क्यान्डल टाइट पार्टी इत्यादि । तपाई आफू त्यो खर्च र झन्झटबाट टाढै रहेकोमा धन्य हुनुहोस् ।

६. व्यायाम गर्नुहोस् – भ्यालेन्सटाइन डेका दिन अरु ‘डेटिङ’ जान्छन् तपाई कतै पार्क वकिङमा जानुहोस्, स्विमिङ पुल जानुहोस् । गर्न बाँकी रहेका कामलाई पूरा गर्नुहोस् ।

७. अरुलाई समय दिनुहोस् – प्रेम जोडीका लागि विशेष दिन भनिन्छ, तपाई पनि विशेष बनाउँन सक्नुहुन्छ । तपाईलाई भेट्न समय मागिरहने साथीलाई समय दिनुहोस्, जसले भ्यालेनटाइनलाई प्रेमी–प्रेमिकाको मात्रै दिन भनेर सम्झदैनन् ।