८ माघ, काठमाडौं ।

सिके राउतले तराईका जिल्लामा दिनहुँजसो कार्यक्रम गरी देश टुक्र्याउने अभिव्यक्ति दिंदा पनि प्रधानमन्त्रीले कुनै चासो नदेखाएको भन्दै कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले आपत्ति जनाएका छन् ।

लहानमा सभा गरेर देश टुक्र्याउने अभिव्यक्ति दिंदा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए पछि कुनै चासो नदेखाएको भन्दै घिमिरेले शनिबार पुनः फेसबुकमा स्टाटस लेख्दै आफ्नै दलका गृहमन्त्रीकोे ध्यानाकर्षण गराएका हुन् ।

‘उप–प्रधान एवं गृहमन्त्रीजी,जयनेपाल, मैले केहिदिन पहिले सिके राउतले लहानमा बोलेको बिषयमा प्रधानमन्त्रीजीलाई आग्रह गरेको थिएँ, उहाँको कानमा बतास लागेन, मैले तपाईलाई नै भन्नुपर्ने भयो, सिकेलाई राजद्रोह् लगाउनुस, अन्यधा पदबाट राजीनामा दिनोस् ।’ घिमिरेको स्टाटसमा लेख्दै प्रधानमन्त्रीले वास्ता नगरेको भन्दै गृहमन्त्री एवं कांग्रेस नेता निधिसमक्ष उनले यस्तो आग्रह गरेका हुन् ।

दुई दिन अघि घिमिरले लहानमा देश टुक्राउने किसिमको भाषण राउतले दिएको भन्दै तत्काल पक्रन माग गर्दै स्टाटस लेखेका थिए ।