१९ मंसिर, काठमाडौं ।
इगंलिस प्रिमियर लिगमा चेल्सीले उपाधि होडमा रहेको म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । हिजो राती भएको खेलमा चेल्सी आफ्नै आत्मघाती गोलमा १–० पछि परेर पनि खेलमा पुनरागमन गर्दै ३–१ को जित दर्ता गर्न सफल भएको हो ।

४५ औं मिनेटमा आत्मघाती गोलमा पछि परेको चेल्सीका लागि डिएगो कोस्टाले ६०, विलियनले ७० र हजार्डले ९० औं मिनेटमा गोल गरेका हुन् ।

Manchester City 855589

१४ खेल सकिंदा चेल्सी ३४ अंकसहित शीर्ष स्थानमा छ । १४ खेलबाट आर्सनलको ३१ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ३० अंक छ । हिजै भएको खेलमा आर्सनलले वेस्टह्यामलाई ५–१ गोल अन्तरले हराएको थियो ।